पेय पदार्थले दाँतमा पार्छन् असर, किन हुन्छ यस्तो ?
दैनिक जीवनमा प्रयोग हुने चिया, कफी, कोल्ड ड्रिंक, एनर्जी ड्रिंक, सोडा लगायतका पेय पदार्थहरूले हाम्रो दाँतको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छन्। डेन्टल विशेषज्ञहरूका अनुसार, यी पेयहरूमा पाइने एसिड र चिनीले दाँतको इनामेल क्षय गराउँछ, जसले गर्दा दाँत कमजोर हुने, पहेँलो देखिने, दुख्ने र कैविटी हुने सम्भावना धेरै हुन्छ।
विशेषगरी कार्बोनेटेड ड्रिंक र एनर्जी ड्रिंकमा पाइने फस्फोरिक एसिड, सिट्रिक एसिड, र उच्च चिनीको मात्रा दाँतका लागि अत्यन्त हानिकारक हुन्छ। यी पदार्थहरू दाँतको माथिल्लो तह (इनामेल) लाई बिस्तारै गलाउँछन् । त्यसपछि ब्याक्टेरिया झन सजिलै प्रवेश गर्न सक्छ र दाँत बिगार्न सक्छ।
नेपालमै पनि युवा पुस्तामा बोतलमा आउने पेय पदार्थहरूको अत्यधिक प्रयोगले दाँतसम्बन्धी समस्या बढेको डेन्टिस्टहरू बताउँछन्। यस्ता पेयको नियमित सेवन गर्दा ब्रश गरेर मात्र पनि दाँत सुरक्षित रहँदैन, उनीहरू भन्छन्।
विशेषज्ञको सल्लाहअनुसार, यस्ता पेय सेवन गरेपछि तुरुन्तै पानी पिउनु, माउथवास प्रयोग गर्नु र नियमित डेन्टल चेकअप गर्नु अत्यन्त आवश्यक छ।
हेल्थपाटी
तपाईँको अभिमत