मुटु स्वस्थ राख्न रगत पातलो गराउने केही फलफूल
मुटु मानव जीवनको नभइ नहुने अङ्ग हो । यसबाट शरीरभर रगत सञ्चालन हुन्छ । तर कतिपय बेला रगत आवश्यकता भन्दा बढी बाक्लो हुने र नशाबाट प्रवाह राम्रोसँग नहुने समस्या हुन्छ । मुटु स्वस्थ राख्न रगतलाई पातलो पार्ने केही खानेकुरा बारे यहाँ प्रस्तुत गरिएको छ ।
अनार
अनार स्वास्थ्यका लागि निकै लाभदायक फल हो । यसले रगत पातलो गर्ने तथा रगत वृद्धिमा टेवा पु¥याउँछ । यसमा भिटामिन, मिनरल्स तथा एन्टिअक्सिडेन्ट जस्ता तत्व पाइन्छन् । यसको दाना फल वा जुस बनाएर खान सकिन्छ ।
किसमिस
दैनिक रूपमा किसमिस खानु लाभदायक हुन्छ । अंगुर सुकाउँदा यसमा हुने तत्वहरू एकत्रित भएर आउँछन् । त्यसरी एकत्रित भएको तत्वले रगत पातलो गर्न मद्दत गर्छ ।
एभोकाडो
एभोकाडोमा ओमेगा ३ पाइन्छ । जसले रगतलाई पातलो गर्न मद्दत गर्छ ।
अदुवा
अदुवाले मुटुरोगसँग सम्बन्धित समस्याबाट बचाउन मद्दत गर्छ । यसले रगत पातलो गर्नुका साथै मुटुरोगको जोखिम कम गर्छ ।
हेल्थपाटी
तपाईँको अभिमत