कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा ३ जना सिफारिस, २ जना महिला
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त रहेको रेक्टर पदका लागि तीन जनाको नाम सिफारिस भएको छ। सिफारिस गरिएकामध्ये २ जना महिला रहनु भएकाे छ । तीनै जना प्रतिष्ठानमा लामाे समयदेखि कार्यरत डाक्टर हुनुन्छ ।
शुक्रबार प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतलाई ३ जनाको नाम सिफारिस गर्नुभएको हो ।
प्रतिष्ठान ऐनको दफा २१ को (१) बमोजिम उपकुलपतिबाट सिफारिस हुने तीन जनामध्येबाट सहकुलपतिले चार वर्षे कार्यकालका लागि एक जना शिक्षाध्यक्ष नियुक्ति गर्ने व्यवस्था छ ।
उपकुलपति डा. रावलले रेक्टरका लागि स्त्री रोग विशेषज्ञ डा.राजीव साह, माइक्रोबायोलोजिष्ट डा.माया राई र छाती रोग विशेषज्ञ डा.अनुस्मृतिको नाम सिफारिस गर्नुभएको छ । सिफारिस गरिएकामध्ये मन्त्री बस्नेतले एक जनालाई रेक्टर पदमा नियुक्त गर्नु हुनेछ ।
हेल्थपाटी
तपाईँको अभिमत