थप ४५२२ जनामा कोरोना पुष्टि
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ५२२ जनामा कोरोना पुष्टि भएको छ ।
१६ हजार ९१३ जनाको परीक्षण गर्दा ४ हजार ५२२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा ६ लाख २६ हजार ३४३ मा कोरोना पुष्टि भएको छ ।
देशभरमा आज ४ हजार ९५४ जना कोरोना पुष्टि भएको छ । योसँगै अहिलेसम्म ५ लाख ६४ हजार ८८२ जनाले कोरोनालाई जितेका छन् । सोही अवधिमा ४१ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।
अहिलेसम्म नेपालमा कोरोनाकै कारण ८ हजार ८ सय १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत