विश्वमा पहिलो पटक बर्डफ्लुकाे दुर्लभ भेरियन्ट (H10N3 ) मान्छेमा सर्याे
काठमाडौं । चीनमा बर्डफ्लुको दुर्लभ भेरियन्ट मानिने (H10N3 ) बाट मानिस संक्रमित भएको पुष्टि भएको छ । (H10N3 ) बाट मानिस संक्रमित भएको यो पहिलो घटना हो ।
पूर्वी जीयाङग्सु प्रान्तका ४१ वर्षका एक पुरुषलाई संक्रमण पुष्टि भएको बेइजिङको राष्ट्रिय स्वास्थ्य विभागले जानकारी दिएको छ ।जेङजाङ्गका ती पुरुष अप्रिल २८ मा भर्ना भएको र उनीमा एन १०इन३ संक्रमण पुष्टि भएको छ । उनको अवस्था अहिले स्थिर रहेको र डिस्चार्जको तयारी भइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
संक्रमित पुरुषको विस्तृत जानकारी सार्वजनिक गरिएको छैन । संक्रमित पुरुषको सम्पर्कमा रहेकाहरुमा संक्रमण नरहेको पाइएको छ । (H10N3 ) मानिसमा कसरी सर्यो भन्ने कहीं सूचक पत्ता लागेको छैन । चीनमा बर्डफ्लुको अरु थुप्रै भेरियन्टहरु देखिरहेको छ र यसले मानिसहरुलाई संक्रमित बनाइरहेको छ ।
तपाईँको अभिमत