दश लाख अमेरिकी डलर जित्ने प्रतिष्पर्धामा आईओएमका विद्यार्थी सहभागी हुने
काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले विश्वव्यापी रुपमा हुँदै आएको हल्ट प्राइज कार्यक्रमको थालनी गरेको छ । विश्वका १२० भन्दा बढि देशका २ हजारभन्दा बढि विश्वविद्यालयका विद्यार्थीले भाग लिने हल्ट प्राइजमा यस वर्ष नेपालमा आईओएमका विद्यार्थीले पनि सहभागिता जनाउनेछन् ।
यसका लागि आइओएममा हल्ट प्राइज टिमको गठन प्रक्रिया अघि बढिसकेको छ । विद्यार्थीको उद्यमशीलताको सोचलाई प्रतिष्पर्धाको मैदानमा उतारी आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसरका लागि हल्ट प्राइजको थालनी गरिएको क्याम्पस निर्देशक विमा शर्माले बताउनुभयो ।
विश्वविद्यालयका विद्यार्थीहरूमा नयाँ सोच र शैली निर्माण गर्न, सिर्जनशील बनाउन, सुन्दर भविष्य निर्माणको सपनाहरू बुन्न र आर्थिक रुपमा आत्मनिर्भर बनाउन कुनै सामाजिक विषयवस्तुमाथि विश्वविद्यालयका विद्यार्थी टिममा प्रतिष्पर्धा गराई उत्कृष्ट बिजनेस आईडिया बिजेता टिमलाई उचित पुरस्कारको रुपमा दश लाख अमेरिकी डलरले सम्मान गर्ने व्यवस्था रहेको छ ।
हरेक वर्ष विभिन्न सामाजिक विषयवस्तु पानी, शिक्षा, उर्जा, बिजुली लगायतका अन्य जल्दाबल्दा समसामयिक विषयमाथि प्रतिस्पर्धा हुने गर्दछ । यस वर्ष खानालाई बाँच्नको लागि आवश्यकता मात्र नभई सामाजिक विकास र परिवर्तनको आधारको रुपमा रुपान्तरण भन्ने शीर्षक छनौट गरिएको छ ।
विश्वविद्यालय जीवनमा नै विद्यार्थीमा सामाजिक उद्धमशीलताको सोचको बिजारोपरण गर्ने उद्धेश्यले हल्ट फाउन्डेसन, हल्ट इन्टरनेशनल बिजनेस स्कूल र संयुक्त राष्ट्र संघको संयुक्त आयोजनामा हुने विश्वव्यापी प्रतिष्पर्धा अर्थात हल्ट प्राइज महाअभियानको रुपमा सन् २००९ मा सुरु भएको थियो ।
दिगो र लाभदायक व्यवसायिक विचार स्थापना गराउन र युवा विद्यार्थीहरुमा रहेको जोश जाँगर र सामर्थ्यलाई पहिचान गरि विश्वकै अर्थतन्त्र बलियो बनाउन युवा विद्यार्थीको उल्लेखनीय सहभागिता गराउने लक्ष्य हल्ट प्राइजको रहेको छ । प्रतिष्पर्धाको लागि केही चरणहरु पार गर्नुपर्नेछ ।
प्रतिष्पर्धीले रिजनल, एक्सलेटर हुँदै ग्लोबल फाइनलका लागि अमेरिकामा बिजनेस आइडिया प्रस्तुत गर्ने मौका पाउनेछन् । प्रतिष्पर्धाका लागि विभिन्न तालिम, सेमिनार र वर्कसप सञ्चालन गर्ने र अहिलेको विषम परिस्थितिमासमेत कार्यक्रमलाई सफल बनाउन निरन्तर लागि परिरहेको र आइओएम टीयू अन्तर्गतका प्रतिनिधिलाई हल्ट प्राइज टिममा सहकार्य गरिरहेको हल्ट प्राइज आइओएका इभेन्ट मोडरेटर राजुचन्द ठकुरीले जानकारी दिनुभयो ।
विश्वब्यापी रुपमा बढ्दै गइरहेको खाद्य संकट र खाद्य बजारमा भित्रिएको विकृतिलाई औँल्याउने र खानबाट बन्चित भएकालाई खाना दिई भोकमरीको भुमरी हटाउन अहम भूमिका खेल्दै दिगो विकासको अवधारणा स्वरुप सन् २०३० सम्म करिब एक करोड व्यक्तिलाई प्रत्यक्ष वा अप्रत्यक्ष टेवा पुर्याउने उद्देश्य रहेको छ ।
तपाईँको अभिमत