२ दिनमा २ हजार बढीलाई डेंगी संक्रमण, १ जनाको मृत्यु

अ +
अ -
लामखुट्टेको टोकाइबाट लाग्ने डेंगी रोगको संक्रमण पछिल्ला दिनहरुमा बढ्दै गएको छ । विगत २ दिनमा २ हजार ७७ जनालाई डेंगी संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार श्रावणदेखि हालसम्म ३० हजार १८६ जनालाई डेंगी संक्रमण भएको छ भने डेंगीका कारण ३९ जनाको मृत्यु भएको छ ।
डेंगी सातै प्रदेशमा फैलिएको छ । दशैं लगायत चाडवाडमा मानिसको चहलपहल धेरै रहने भएकाले डेंगी संक्रमण अझै बढ्न सक्ने विज्ञहरुले बताएका छन् । लामखुट्टेको टोकाइबाट बचे डेंगीबाट जोगिन्छ ।
तपाईँको अभिमत