भारतमा कोरोना खोप लगाएका ५१ स्वास्थ्यकर्मीलाई समस्या, १ जना अस्पताल भर्ना
अ +
अ -
नयाँ दिल्ली । भारतमा कोरोना विरुद्धको खोप लगाएका ५१ जना स्वास्थ्यकर्मीलाई साइड इफेक्ट देखिएको छ । एक स्वास्थ्यकर्मीलाई अस्पताल भर्ना गरिएको छ ।
विश्वकै ठुलो खोप अभियान सुरु गरेको भनिएको भारतमा अभियानको पहिलो दिन हिजो १ लाख ६५ हजार ७१४ जना स्वास्थ्यकर्मीलाई खोप दिइएको थियो ।
जसमध्ये राजधानी नयाँ दिल्लीमा ४ हजार ३१९ स्वास्थ्यकर्मीले खोप लगाएका थिए । खोप लगाएकामध्ये ५१ जना स्वास्थ्यकर्मीलाई खोप लगाएपछि छातीमा समस्या देखिएको थियो ।
समस्या देखिएका उनीहरुलाई अस्पतालमा आधीघण्टा निगरानीपछि डिस्चार्ज गरिएको आजतकले जनाएको छ । एक जनालाई भने अस्पताल भर्ना गरिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत