टाउकोको दुखाइ खतरनाक छ भनेर कसरी थाहा पाउने ?
धेरै मानिस टाउको दुख्ने समस्याबाट ग्रसित भइरहेका हुन्छन् । कुनै बेला सामान्य टाउको दुखेको हुन्छ । त्यसबेला केहीबेरको आराम, झोलिलो चिज खाने, योग वा ध्यान गरेर निको हुनसक्छ ।
चिकित्सकका अनुसार टाउको दुख्ने समस्यालाई बेवास्ता गर्नु हुँदैन । यसका सामान्य वा गम्भीर किसिमका दुखाइलाई गम्भीर रूपमा लिनुपर्ने उनीहरूको सुझाव छ । व्यक्तिपिच्छे गाम्भीर्यताको फरक लक्षण हुनसक्ने भन्दै त्यसलाई बेवास्ता गर्न नहुने बताएका हुन् । उनीहरूका अनुसार दैनिक कार्य गर्न असहज भएमा त्यस्तो अवस्थालाई गम्भीर रूपमा लिनुपर्ने सुझाएका छन् ।
यहाँ केही लक्षणहरू छन्, जुन बेवास्ता गर्न नहुने चिकित्सकको भनाइ छ :
– एउटै वस्तु दुई वटा देखिने,
– वाकवाकी लाग्ने,
– निद्रा बिथोलिने तथा दैनिक कार्य गर्न असहज हुने,
– लगातार बान्ता हुने,
– बोली लर्बराउने,
– औषधि खाँदा पनि निको नहुने ।
टाउको गम्भीर रूपमा दुख्ने समस्याको कारण यसै भन्न सकिँदैन । यसका कारण विभिन्न हुन सक्छन् ।
चिकित्सकका अनुसार धेरैजसो बाहिरी कारणले साह्रो गरेर टाउको दुख्छ । महिलाहरूमा माइग्रेनका कारण धेरैजसो टाउको दुख्ने गर्छ । त्यस्तै भोक, तनाव, प्रर्याप्त नसुत्ने, धेरै सुत्ने, चर्को बत्ती/उज्यालोका कारण पनि टाउको दुख्ने गर्छ ।
(टाइम्स अफ इन्डियाबाट)
हेल्थपाटी
तपाईँको अभिमत