कोरोनाले लियो उग्ररुप, कति छन् आइसीयू भेन्टिलेटरमा कोरोना बिरामी ?
पछिल्लो दिनमा कोरोना संक्रमण तीब्र गतिमा फैलिइरहेको छ । आज २४ घण्टामा देशभर १२ हजार ३३८ कोरोना संक्रमित थपिए ।
बुधबार ११ हजार ३५२ मा र मंगलबार १० हजार २५८ मा कोरोना पुष्टि भएको थियो ।
नेपालमा कोरोना महामारी सुरु भएयताकै धेरै संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयको विवरण अनुसार बिहीबार दिउँसोसम्म देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ छ । कोरोना संक्रमण उच्च भएपनि अस्पताल भर्ना हुनेको संख्या कमै छ ।
अहिले देशभर ५५ हजार ८३६ जना होम आइसोलेसनमै रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अस्पताल तथा स्वास्थ्य संस्थाको आइसोलेसनमा १४९२ जना छन् ।
यसमा १८६ जना आइसीयूमा रहेको र यी मध्ये २७ जना कोरोना संक्रमितको भेन्टिलेटरमा राखी उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
कोरोना संक्रमण पुष्टि हुनेमा पनि आधा भन्दा धेरै काठमाडौं उपत्यकामा तीन जिल्लामा छन् । त्यसबाहेक देशका मुख्य सहरी क्षेत्रमा संक्रमणदर उच्च देखिएको छ ।
तपाईँको अभिमत