कोरोनाको दोस्रो लहर चलेको भारतमा संक्रमण बढ्दै, करिब ३ लाख ८७ हजार संक्रमित

भारतको जम्मुमा संक्रमितको अन्तिम संस्कार गरेपछिको दृश्य तस्विर : एपी
काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ८७ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ३५ सयभन्दा धेरैको मृत्यु भएको छ ।
कोरोनाका दोस्रो लहर चलेको भारतमा एकै दिन ३५ सयभन्दा धेरैको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा एकैदिन सङ्क्रमण पुष्टि र ज्यान गुमाउनेको सङ्ख्या यो अहिलेसम्मकै धेरै हो ।
सङ्क्रमण पुष्टि हुने क्रमसँगै अस्पतालमा भर्ना हुने दर पनि बढेकाले अस्पतालमा बेड, अक्सिजन तथा भेन्टिलेटरको चरम अभाव भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
हालसम्म विश्वमा १५ करोड १० लाख जनाभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ भने ३१ लाख ७७ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । १२ करोड ८४ लाखभन्दा धेरै निको भएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत