कोरोना संक्रमणको तेस्रो लहरको तयारीमा लाग्न प्रधानमन्त्री देउवाको निर्देशन
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणको तेस्रो लहरको सम्भाव्यतालाई मध्यनजर गर्दै नियन्त्रणको तयारीमा लाग्न स्वास्थ्य अधिकारीहरुलाई निर्दशन दिनुभएको छ ।
प्रधानमन्त्री देउवाले आज स्वास्थ्य तथा तथा जनसंख्या मन्त्रालयका सचिव, प्रमुख विशेषज्ञहरु, स्वास्थ्य सेवा विभागका महानिर्देशक लगायत उच्च पदाधिकारीहरुसँग कोभिड - १९ को हालको अवस्था, तेस्रो लहरको तयारी तथा चरिहेको खोप अभियानको अवस्था तथा चुनौतीबारे जानकारी लिदैं स्वास्थ्य अधिकारीहरुलाई महामारीको व्यवस्थापनमा कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिनुभएको हो ।
साथै उहाँले अब सूचारु हुने खोप कार्यक्रम थप व्यवस्थित गर्न र यसका लागि जनशक्ति , खोपकेन्द्र थप्न पनि निर्देशन दिनुभयो । भोलीदेखि जोनसन एण्ड जोनसनको खोप लगाउने कार्यक्रम चल्दैंछ ।
हेल्थपाटी 
तपाईँको अभिमत