आवातजावतमा थप कडाइ गर्न लकडाउन देखि कर्फ्यूसम्मकाे तयारी !
काठमाडौं । निषेधाज्ञाको अवधिभर आशातित रुपमा कोरोना भाइरस संक्रमणदर नघटेपछि सरकारले काेराेना रोकथाम तथा नियन्त्रण लागि थप कडा कदम चाल्ने तयारी गरेको छ ।
समयमा सचेत नहुँदा कडाइ गर्नुकाे बिकल्प भएन, अर्थतन्त्र नै तहस् - नहस् भयाे, अव कर्फ्यू लगाउनपर्ने दिन आयाे ।’
जस अनुसार संक्रमित धेरै रहेका जिल्लाहरुमा आवातजावतमा कडाइ, संक्रमणको अवस्था हेरि ठाउँ अनुसार लकडाउन, एरिया शिल तथा संक्रमित धेरै भएका स्थानहरुमा कर्फ्यूसम्म लगाउने सरकारकाे तयारी रहेकाे स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारी बताउनुहुन्छ ।
वैशाख १६ गतेपछि काठमाडौं उपत्यकासहित देशका ७३ जिल्लामा निषेधाज्ञा जारी गरिसकेको छ । सुरुमा एक हप्ताका लागि गरिएको निषेधाज्ञाको समयवधि लम्ब्याएर जेठ १३ गतेसम्म पुर्याइएपनि संक्रमणदर नघटेपछि सरकारले नयाँ नीति अवलम्वन गर्न लागेकाे हाे ।
निषेधाज्ञा प्रभावकारी नहुँदा सडकमा मानिसहरुको आउनेजाने क्रम चलिरहेकाले संक्रमण नघटेको भन्दै स्वास्थ्य मन्त्रालयले अबका दिनमा आवातजावतमा थप कडाइ गर्न सरकारलाई अनुरोध गरेको मन्त्रालयका उच्च अधिकारीले जानकारी दिनुभएको छ । संक्रमण घटेर अस्पतालहरुकाे ५० प्रतिशत आइसियू तथा भेन्टिलेर खाली नभएसम्म कडाइ गर्नुपर्ने उहाँकाे तर्क छ ।
उहाँ भन्नुहुन्छ‚ ‘सरकारले समयमानै मन्त्रालयकाे अनुराेध सुनेकाे तथा जनताले जनस्वास्थ्यकाे मापदण्ड कडाइकासाथ पालना गरेकाे भए आजकाे दिन आउदैन थियाे । हाम्राे दुर्भाग्य जे नहाेस् भनेर हामीले बारम्बार सरकार र जनतालाई सचेत गरायाैं आज तै दिन देख्न पर्याे । समयमा सचेत नहुँदा कडाइ गर्नुकाे बिकल्प भएन, अर्थतन्त्र नै तहस् - नहस् भयाे, अव कर्फ्यू लगाउनपर्ने दिन आयाे ।’
निषेधाज्ञा व्यवस्थित नहुँदा यसको प्रभाव ५९ प्रतिशतमात्रै देखिएको अध्ययनले देखाएको छ । काठमाडौं उपत्यका लगायत उच्च संक्रमण देखिएका स्थानमा निषेधाज्ञा लगाएको तेस्रो दिन बैशाख १८ गते पीसीआर परीक्षण गरिएको मध्ये ३९.६१ प्रतिशतको पोजेटिभ रिपोर्ट आएको थियो ।
त्यो दर बढ्दै बढ्दै वैशाख २७ गतेसम्म आइपुग्दा ५१.७८ प्रतिशत पुग्यो । यो दर महामारी सुरु भएदेखिकै उच्च थियो । बिहीबार स्वास्थ्य मन्त्रालयले दिएको विववरण अनुसार पीसीआर गरिएकामध्ये ३७.२५ प्रतिशतलाई पोजेटिभ देखिएको छ ।
जगन्नाथ ढकाल
तपाईँको अभिमत