नेपाल क्यान्सर हस्टिपलमा बिरामीको चाप बढ्दो, पूर्वाधार थपिदै
नेपाल क्यान्सर हस्टिपल एण्ड रिसर्च सेन्टरमा उपचार गर्ने बिरामीको संख्यामा वृद्धि भएको छ । हस्टिपलका प्रमुख कार्यकारी अधिकृत डा.बच्चुकैलाश कैनीले पाचौं वार्षिकत्सवमा अस्पतालको प्रगति विवरण सुनाउदै अघिल्ला वर्षहरुका तुलनामा चालू आवमा बिरामीको संख्या बढेको जानकारी दिनुभयो ।
उहाँका अनुसार चालू आर्थिक वर्षमा ७ हजार ९० जना नयाँ बिरामीले सेवा लिएका छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा १४ प्रतिशतले बढि हो । यस्तै २६ हजार ६४० जना बिरामीहरु फलोअप चेकअपमा आएका छन् । १६ हजार ८९० जनाले किमो लिएका छन् भने यस आवमा २३ सय १० जना विरामीको अपरेशन भएको छ ।
बिरामीको चाप बढेकाले बेड थप्नुका साथै भौतिक पूर्वाधार थप्न लागिएको उहाँले जानकारी दिनुभयो । गुणस्तरीय सेवा उपलब्ध गराउने, दक्षता बढाई लागत सुधार गर्ने र उत्पादकत्व बढाउने, अस्पतालको सेवा र सुविधाहरुको अधिकतम उपयोग गर्ने गरि अस्पतालको सेवा र सुविधाहरुको बजार व्यवस्थापन र प्रवद्र्धन गर्ने कार्यक्रम अस्पतालको आगामि प्राथमिकतामा रहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार चालू आर्थिक वर्षमा अनुमान गरेभन्दा अस्पतलको खर्च ५० प्रतिशत कम भएको र आम्दानी बढेको छ । यसैगरी अस्पतालले कर्मचारीको प्रोत्साहन स्वरुप अस्पतालका सबै कर्मचारीहरुलाई १ लाखको बीमा गर्नुका साथै १० लाखको दुर्घटना बीमाको योजना सुरु गरेको उहाँले बताउनुभयो ।
सामाजिक उत्तरदायीत्वप्रति सजक रहँदै आफुहरुले विरामीहरुलाई उपचार शुल्कमा छुट दिइएको बताउँदै कैनीले चालु आवमा २ करोड ९७ लाख ९७ हजार रुपैंया बराबरको छुट सेवाग्राहीलाई दिएको जानकारी प्रमुख कार्यकारी अधिकृत कैनीले दिनुभयो ।
हाल अस्पतालमा ९६ जना चिकित्सक, १७३ जना नर्स, पारामेडिक्स ७३ र प्रशासनिक १०६ गरि ४४८ जना कार्यरत छन् । वार्षिकत्सवका अवसरमा अस्पतालमा ८ वर्षदेखि कार्यरत कर्मचारीहरुलाई सम्मान गरिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत