युवामा बढ्दै बिर्सने समस्या, यी हुन् कारण
विश्वमा बिर्सने रोग अर्थात् डिमेन्सियाका बिरामीहरु बढिरहेका छन् । वासिंटन यूनिभर्सिटीका वैज्ञानिकहरुले सन् २०५० सम्ममा डिमेन्सियाका बिरामीको संख्या ३ गुणाले बढेर १५ करोडभन्दा बढी पुग्ने अनुमान गरेका छन् ।
डिमेन्सियाका बिरामी सबैभन्दा धेरै पूर्वी क्षेत्र, सबसहारा अफ्रिका, उत्तर अफ्रिका र मध्यपूर्वी क्षेत्रमा बढिरहेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष डिमेन्सियाका १ करोड नयाँ बिरामी थपिन्छन् । जनचेतना फैलाउन सके २०५० सम्म ६ करोड मानिसलाई डिमेन्सिया हुनबाट जोगाउन सकिन्छ ।
सन् १९९९ देखि २०१९ को बीचमा विश्वभर स्वास्थ्यमा देखिएको परिवर्तनलाई लिएर वैज्ञानिकहरुले अध्ययन गरेका थिए । अध्ययनमा डिमेन्सिया बिरामी बढ्नुको कारण खोजिएको थियो । अध्ययनका क्रममा धुम्रपान पनि डिमेन्सियाको एक कारण रहेको पाइयो । साथै युवा अवस्थामा बढिरहेको मोटोपन, सुगर तथा घण्टौ समयसम्म एकै ठाँउमा बसेर काम गर्दा पनि डिमेन्सियाको जोखिम बढ्ने देखिएको छ ।
डिमेन्सियालाई कसरी कम गर्न सकिन्छ ?
धेरै कफी नखाने
अष्ट्र्लियाका वैज्ञानिकहरुले गरेको एक अध्ययनका अनुसार दैनिक ६ कपभन्दा बढी कफी पिएमा त्यसको सिधा असर मस्तिष्कमा पर्छ । कफी धेरै पिउने मानिसमा बिर्सने रोगको खतरा ५८ प्रतिशतसम्म रहन्छ । साथै स्ट्रोकको जोखिम पनि उत्तिकै रहन्छ ।
स्याउ खाने
दैनिक स्याउ खाने गर्नाले स्मरण शक्तिलाई बढाउँछ । स्याउमा स्मरण शक्ति घटाउन नियन्त्रण गर्ने एक प्रकारको तत्व पाइन्छ । त्यो तत्वले अल्जाइमर्स र डिमेन्सिया जस्ता रोगको खतरालाई कम गर्छ । यो दाबी जर्मन सेन्टर फर न्यूरोडीजेनेरिटव डिजिजका वैज्ञानिकहरुले गरेका हुन् ।
दिउँसो केही मिनेट निदाउने
डिमेन्सियाबाट जोगिन दिउँसो कम्तिमा ५ मिनेट निदाउनु पर्छ । चीनका वैज्ञानिकहरुले गरेको अध्ययनले उमेरसँगै निदाउने तरिका फरक हुन्छ र दिउँसो केही समय निदाएमा मस्तिष्कलाई फाइदा पुर्याउँछ ।
राति कम्तिमा ६ घण्टा सुत्ने
अमेरिकामा भएको एक अध्ययनले यो खुलासा गर्यो कि ५० वर्षको उमेरसम्म रातमा कम्तिमा ६ घण्टा सुत्नैपर्छ । ६ घण्टाभदा कम सुत्ने मानिसलाई डिमेन्सियाको खतरा उच्च रहन्छ । जनरल नेचर कम्युनिकेसनमा प्रकाशित भएको एक रिपोर्टका अनुसार जो व्यक्ति पर्याप्त निदाउँछ उसको स्मरण शक्ति ७० वर्षको उमेरसम्म कमजोर हुँदैन ।
हप्तामा ५ दिन हिड्ने
स्मरण शक्तिलाई बलियो बनाउन हप्तामा ५ दिन हिँड्नुपर्ने विज्ञहरुको भनाइ छ । दैनिक हिड्ने गर्दा शरीरमा ब्लड सर्कुलेसन बढ्छ र दिमागमा बढ्दो उमेरको असरलाई रोक्छ । टेक्सस युनिभर्सिटिका वैज्ञानिकहरु भन्छन् बिर्सने रोगको उपचार छैन त्यसैले यो समस्या कम गर्न बैलेमा सचेत हुनपर्छ । भास्कर दैनिकबाट साभार
तपाईँको अभिमत