देशभर १२५ कोरोना संक्रमित थपिए, ९० जना काेराेनामुक्त
अ +
अ -
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १२५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६८१ जनाको पीसीआर परीक्षण भएकोमा १२५ जनालाई संक्रमण पुष्टि भएको छ। साेही अवधिमा ९० जना संक्रमित काेराेनामुक्त भएका छन् भने कसैकाे पनि मृत्यु भएको छैन ।
अहिले सक्रिय संक्रमितको संख्या १ हजार ५२९ रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ५५६ पुगेको छ जसमध्ये २ लाख ६९ हजार ९६६ निको भएका छन् । कोरोना संक्रमित मृतकको संख्या भने २ हजार ६१ रहेको छ ।
तपाईँको अभिमत