नसर्ने रोगहरुको बढ्दो फैलावट रोक्न परीक्षण तथा पहिचान अभियान सुरु गरिने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोगहरुको बढ्दो फैलावट रोक्न एक महिने परीक्षण तथा पहिचान अभियान सञ्चालन गर्ने भएको छ ।
मधुमेह, उच्च रक्तचाप तथा मिर्गौला सम्बन्धी रोगका बिरामी बढिरहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले समयमै पहिचान र उपचारमार्फत बिरामी घटाउने उद्देश्यका साथ हरेक वर्ष एक महिनाभर पहिचान र उपचार अभियान सञ्चालन गर्ने निर्देशिका स्वीकृत गर्नुभएको छ ।
हरेक वर्ष एक महिना रोकथामका लागि नसर्ने रोगहरु (मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोग, शरिरको उचाइ र तौल)को अनुपात पहिचानका लागि एक महिने अभियान सञ्चालन निर्देशिका २०८१ स्वीकृत भएको हो ।
मन्त्री पौडेलले रोगको उपचार र निदानसँगै लाग्नै नदिन रोकथामका उपायहरु जनस्तरमा पुर्याउने गत साउन २७ गते आफ्नो योजना तथा प्राथमिकतामा घोषणा गरेका गर्नुभएको थियो ।
स्वास्थ्य मन्त्रालयको आँकडाले पछिल्लो समय नसर्ने प्रकृतिका मिर्गाैला फेल हुने, उच्च रक्तचाप, मधुमेहलगायतका रोग प्रमुख स्वास्थ्य समस्याका रुपमा देखिरहेको देखाएको छ ।
तपाईँको अभिमत