असार १८ गतेदेखि देशभर सार्वजनिक यातायात चलाउने

फाइल तस्बिर
काठमाडौं । यातायात व्यवसायीहरुले असार १८ गतेदेखि देशभर सार्वजनिक यातायातका साधन चलाउने घोषणा गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त रुपमा विज्ञप्ति निकालेर जोर बिजोरका प्रणालीलाई नमान्ने भन्दै देशभर सावजनिक यातायात चलाउने घोषणा गरेका हुन् ।
आज सोमबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले भोलि मंगलबारदेखि जोर बिजोरका आधारमा सवारी साधन चलाउन अनुमति दिने निर्णय गरेको थियो । बैठकको निर्णयअनुसार भोलिदेखि २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन मात्रै जोरविजोरका आधारमा सञ्चालन गर्न पाइने छ ।
तर व्यवसायीहरुले उक्त निर्णय अव्यवहारिक भएको ठहर गर्दै १८ गतेदेखि लामो दुरी,मध्यम दुरी र छोटो दुरीको सवारी साधन चलाउन अनुमतीको आग्रह गरेका छन् । यदी नभए स्वास्थ्यमा मापदण्ड पालना गरि आफुहरुले सबै सवारी साधन चलाउने निष्कर्ष व्यवसायीहरुले गरेका छन् ।
विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘कोरोना महामारीको दोस्रो लहर फैलिएसंगै यही गत वैशाख १६ गतेबाट देशै भरी निषेधाज्ञा जारी भएपछि २ महिनादेखि देश ठप्प छ । सार्वजनिक यातायात बन्द छन् । अन्य क्षेत्र पनिप्रभावित रहेका छन् । तर, लामो बन्दावन्दी पछि क्रमशः निषेधाज्ञा खुकुलो हुँदै गईरहेका छन् । सार्वजनिक सवारीका साधन वाहेक निजी सवारी, अन्य व्यापार, व्यवसाय तथा बजार क्रमशः खुल्दै गईरहेकाछन् । तर, अर्थतन्त्रलाई गतिशिल बनाउने जनताको दैनिक जीवनयापनलाई सहज बनाउने जस्तो महत्वपूर्ण सार्वजनिक यातायात क्षेत्र भने सञ्चालन गर्न नदिनु अत्यन्तै अव्यवहारिक छ । ’
हेल्थपाटी
तपाईँको अभिमत