राज्यले हामीलाई विभेद गर्यो : औषधि व्यवसायी
काठमाडौं । सरकारले आफुहरुलाई उपेक्षा गरेको औषधि व्यवसायीहरुले गुनासो गरेका छन् । आज काठमाडौंमा भएको उपत्यकाव्यापी औषधि थोक व्यवसायी भेलामा उनीहरुले सरकारले अग्रपंक्तिमा खटिने औषधि व्यवसायीका समस्या समाधानमा तदारुकता नदेखाई यो व्यवसायलाई धरासयी बनाउन खोजेको आरोप लगाएका छन् ।
नेपालमा औषधि आयात, थोक र खुद्रा गरी २१ हजार औषधि व्यवसायीले ४१ अर्ब बढी कारोवार गरी राज्यलाई कर बुझाउदै आएपनि सरकारी निकायले अनुगमनका नाममा व्यवसायीलाई दुःख दिने गरेको आरोप पनि व्यवसायीहरुले लगाए ।
कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराइले स्वाथ्य क्षेत्र सेवामुखी क्षेत्र भएकाले कम खर्चमा नै सेवा सर्वसाधरणालाई दिन लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले व्यवसायीहरुको सहजताका लागि नविकरण गर्न सहज प्रविधिको विकास गर्न लागेको जानकारी दिनुभयो ।
कार्यक्रममा औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले आरोहत्र खटेर विभिन्न समस्याका वावजुत आफ्नो जिम्मेवारी र कर्तव्य निर्वाह गरेका बताउदै विभिन्न अनुगमनका नामा ब्यवसायीहरुलाई प्रताडीत बनाउन नहुने धारणा राख्नुभयो ।
उहाँले अन्य व्यवासायीहरुलाई सरकारले कोभिडपछि ऋण सहुलियत, पुर्न कर्जा लगाएतका छुट र सुविधा दिएपनि औषधि व्यवसायीलाई हेलाको नजरबाट हेरेको गुनासो गर्नुभयो । कोरोना महामारीमासबै व्यवसाय बन्द हुदासमेत औषधि व्यवसायीहरु रात दिन काम गरेको स्मरण गराउदै राज्यले औषधि व्यवासायलाई पहिलो प्रथमिकतामा राख्नुपर्ने माग गर्नुभयो ।
तपाईँको अभिमत