अर्थमन्त्रीलाई भेटेर सुर्तीजन्य पदार्थमा कर बढाउन माग
नेपाल अर्बुद रोग निवारण संस्थाले सुर्तीजन्य पदार्थमा कर वृद्धिका लागि अर्थमन्त्रीसँग माग गरेको छ ।
अर्थमन्त्री डा.प्रकाशशरण महतसँग माग राख्न सोमबार संस्थाका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठ नेतृत्वको टोली अर्थ मन्त्रालय पुगेको थियो।
सुर्तीजन्य पदार्थको सेवन बढ्दै गएको भन्दै त्यसलाई न्यूनिकरण गर्न करवृद्धि गर्नुपर्ने माग संस्थाका प्रतिनिधिहरुले राखेका छन्।
नेपालमा सूतीजन्य पदार्थमा लाग्दै आएको कर अन्य मुलुकको दाँजोमा र विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको भन्दा ज्यादै न्यून रहेको टोलीले अर्थमन्त्री महतलाई स्मरण गराएको छ।
विभिन्न आधार प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा कर वृद्धि गर्नुपर्ने माग टोली अर्थमन्त्रीसमक्ष राखेको छ।
सुर्तीजन्य पदार्थको सेवनले विभिन्न नसर्ने रोगहरू फोक्सोको क्यान्सर, श्वास प्रश्वास सम्बन्धि समस्या, मुटुरोग, मिर्गौला रोगहरू लाग्ने गरेको छ ।
अध्ययन अनुसार, नेपालमा प्रत्येक वर्ष सुर्तीजन्य पदार्थको सेवनले ३७ हजार ५२९ जनाको मृत्यु हुने गरेको छ । सुर्तीजन्य पदार्थको सेवनबाट प्रति घण्टा ४ जना भन्दा धेरै मानिसले ज्यान गुमाइरहेका छन् ।
यो नेपालको कुल मृत्युको १९.४१ प्रतिशत रहेको स्मरण पनि संस्थाका प्रतिनिधिले अर्थमन्त्रीलाई गराएका छन्।
हाल नेपालमा सुर्तीजन्य पदार्थ सेवन कर्ताको संख्या कुल जनसंख्यामा करिब ३२ प्रतिशत रहेको छ ।
दिनानु दिन बढ्दो क्रममा रहेको अनुसन्धानले देखाउँछ । तथ्यांक अनुसार नेपालमा कुल जनसंख्याको ५१ प्रतिशत पुरुष र १३.७ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थको प्रयोग गर्छन् ।
हेल्थपाटी
तपाईँको अभिमत