विवेकशिल साझा पार्टीका नेता उज्वल थापा भेन्टिलेटरमै उपचाररत
अ +
अ -
काठमाडौं । कोरोना संक्रमणपछि अस्पताल भर्ना हुनुभएका विवेकशिल साझा पार्टीका नेता तथा विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको भेन्टिलेटरमा नै उपचार भइरहेको अस्पतालले जनाएको छ । थापाको निधन भनी विभिन्न सञ्चारमाध्यममा आएका समाचार गलत भएको अस्पतालले जनाएको छ ।
गम्भिर अवस्थामा भेन्टिलेटरसहित एक्मो प्रविधिबाट मेडिसिटि अस्पतालमा उपचार भइरहेको छ। भेन्टिलेटरबाट छु्ट्याउने तयारी गरिएको भनिएपनि हाल भेन्टिलेटरमा नै रहनु भएको अस्पतालको भनाइ छ । यद्यपी उहाँको स्वास्थ्यमा कुनै सुधार नआएको र अवस्था अत्यन्तै गम्भिर रहेको छ ।
करिब एक दशकदेखि राजनीतिमा संलग्न उहाँ युवामाझ निकै लोकप्रिय नेता हनुहुन्छ । देश विदेशबाट लाखौंले उहाँको स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत