डब्ल्यूएचओको दक्षिणपूर्वी एसियाको क्षेत्रीय निर्देशक पदको चुनाव आज
विश्व स्वास्थ्य संगठन डब्लूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशकका लागि निर्वाचन हुँदैछ । यसअघि सर्वसम्मत नेतृत्व चयन हुँदै आएकोमा यसपटक यो क्षेत्रका ११ मध्ये दुईवटा मुलुक नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।
नेपालको उम्मेदवार डब्ल्यूएचओमा कार्यरत डा. शम्भुप्रसाद आचार्य र बंगलादेशको उम्मेदवार प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेद हुनुहुन्छ ।
आचार्यसँग जनस्वास्थ्यमा काम गरेको ३० वर्षको अनुभव छ। उहाँ अहिले डब्लूएचओको ‘कन्ट्री स्ट्राटेजी एन्ड सपोर्ट’ विभागका निर्देशक समेत हुनुहुन्छ ।
विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसिया क्षेत्रमा ११ वटा देश रहेका छन् । जसमा नेपाल, भारत, भुटान, श्रीलंका, माल्दिभ्स, म्यानमार, थाइल्याण्ड, बंगलादेश, उत्तर कोरिया, इन्डोनेसिया र टिमोर लिस्टे छन् ।
भारतको नयाँ दिल्लीमा आयोजित डब्ल्यूएचओको दक्षिण पूर्वी एसियाको क्षेत्रीय कमिटी (सेरो) को बैठकले नयाँ क्षेत्रीय निर्देशक चयन गर्ने छ ।
हेल्थपाटी
तपाईँको अभिमत