चीनमा एमबीबीएस अध्ययनरत विद्यार्थीले नेपालमै इन्टर्नशीप गर्न पाउने
नेपाल मेडिकल काउन्सिलले चीनमा एमबीबीएस अध्ययनरत २०१६ ब्याचका विद्यार्थीको पढाइ अवधि र इन्टर्नशीप सम्बन्धमा ४ वटा निर्णय गरि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाएको छ ।
काउन्सिलको आज बसेको बैठकले चिकित्सा शिक्षा आयोगको सहमतिमा विद्यार्थीहरुलाई अपुग प्रयोगात्मक अभ्यास १ बर्ष तथा एक बर्ष इन्टर्नशीप गरी दुइबर्षको चिकित्कीय अभ्यास तथा तालिमको व्यवस्था गर्नेसहितका निर्णय भएको रजिष्टर डा.कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो।
उहाँका अनुसार इन्टर्नशीपका सम्बन्धमा सन् २००७ मा जारी गाइडलाइन अनुसार वा विश्वविद्यालयले तोकेबमोजिम १ बर्षे अनिवार्य इन्टर्नशीप गर्नुपर्नेछ। इन्टर्नशीप भन्दा पहिलेको १ बर्षे अध्ययनको हकमा ४ वटा प्रमुख विषयहरू मेडिसिन, सर्जरी, गाइनेअब्स र पिडियाट्रिक्स समावेश गर्नुपर्ने निर्णय काउन्सिलले गरेको छ ।
चीनमा अध्ययनरत चिकित्सा शिक्षाका बिद्यार्थीहरुको अध्ययन अवधि र प्रमाणपत्र प्राप्त गर्ने समायवधिबारे कुनै द्विविधाभए काउन्सिल वा सम्बन्धित कलेजमा सम्पर्क गरी यथार्थ विवरण बुझेर अपुग अध्ययन अवधि एकिन गरेरमात्र अध्ययन सुरू गर्ने र अब कोभिडसंग सम्बन्धित रहेर विदेशमा अध्ययन गरेका विद्यार्थीको नेपालमा अध्ययन अध्यापन गर्ने विषयको सम्बोधन नहुने निर्णय काउन्सिलले गरेको छ ।
कोभिडका कारण पढाइका लागी चीन जान नपाएका विद्यार्थीहरुले आफुहरुको समस्या समाधानका लागि विभिन्न माग राखेर आन्दोलन गर्दै आएका थिए ।
हेल्थपाटी
तपाईँको अभिमत