डा.गोविन्द केसी आइसियुमा, उपचार गर्न अटेर
काठमाडौं । ७ दिनदेखि जुम्लामा अनसनमा बस्नुभएका डा. गोविन्द केसीलाई आइसियुमा भर्ना गरिएको छ । हिजो राती १०:४५ बजे कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानमा ल्याइएको थियो ।
अस्पताल ल्याइएपछि डा.केसीले जाँच्न नदिएकाले प्रेसर, मुटुको गति, शरीरको तापक्रम, अक्सिजनको मात्रा, पिसाबको मात्रा लगायत कुनै पनि जाँच गर्न नसकिएको प्रतिष्ठानले जनाएको छ । रगतमा चिनीको मात्रा अति कम भई प्रमुख अंगहरुमा जटिल समस्या देखिन सक्ने, इलेक्ट्रोलाइट तथा एसिड बेस ब्यालेन्समा गडबढी भई प्रमुख अंगहरुमा समस्या देखिन सक्ने र रोग प्रतिरोधात्मक क्षमता कमहुँदा संक्रमणको खतरा रहेको केसीको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिनुभएको छ ।
एक समुह देशमा कोरोना भाइरस संक्रमण बढिरहेका बेला कसरी रोकथाम र नियन्त्रण गर्न सकिन्छ भनि केन्द्रित हुने समयमा डा.केसी अनसन बस्नु उपयुक्त नरहेको र मागहरु केसी अनुकुल हुनेगरेको तर्क गरिरहेका छन् भने अर्काे समूह डा. केसीको माग पूरा हुनुपर्छ भन्नेमा छन् ।
हेल्थपाटी
तपाईँको अभिमत