स्थानीय तहमा स्वास्थ्यका कर्मचारीको स्तरवृद्धिमा दुर्गम सेवाअवधि नचाहिने

सांकेतिक तस्बिर
स्थानीय तहमा कार्यरत स्वास्थ्य सेवाका कर्मचारीको स्तरवृद्धिका लागि दुर्गम सेवाअवधि आवश्यक नपर्ने भएको छ ।
स्थानीय तहमा कार्यरत स्वास्थ्य सेवाका कर्मचारीको पाचौँबाट छैटौँ तहमा स्तरवृद्धि हुँदा दुर्गम सेवाअवधि आवश्यक नपर्ने भन्दै बागमती प्रदेश सरकारले स्थानीय तहहरुलाई पत्राचार गरेको छ ।
स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०७८ ले एउटा पालिकालाई एउटै भौगोलिक वर्गमा राखेकाले दुर्गम सेवाअवधि आवश्यक नपर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ ।
स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०७८ को दफा ३० ले स्तरवृद्धि हुने कर्मचारीको योग्यता संघीय स्वास्थ्य सेवा ऐनका आधारमा हुने उल्लेख गरेको छ । उक्त ऐनमा स्तरवृद्धिका लागि दुर्गम सेवाअवधि पनि उल्लेख गरिएको छ ।
संघीय सेवा ऐनमा दुर्गम सेवाअवधि उल्लेख भएपनि पालिका स्थानीय स्वास्थ्य सेवा एउटा पालिका भित्रको सेवा भएको दुर्गम सेवाअवधि आवश्यक नभएको प्रदेश सरकारले बताएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत