'प्राकृतिक चिकित्सा र कोरोना भाइरस'
छोटकरीमा मसँग धेरैजनाले राखेको जिज्ञासा मेटाउने प्रयत्न गर्दैछु । जीवन शक्ति र शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि खानपान र जीवनशैलीको बारेमा जान्नुपर्ने कुरा । सामान्यतया खानेकुरालाई तीन भागमा वर्गीकरण गरिएको छ ।
– शरीरको वृद्धि विकास गर्ने खानेकुरा प्रोटीन जसको मुख्य स्रोत भनेको गेडागुडी, माछामासु, दाल, दुध र दुधका परिकार आदि पर्दछन् ।
–शरीरलाई शक्ति दिने खानेकुरा, कार्बोहाइड्रेट र चिल्लो पदार्थ जसको मुख्य स्रोत भनेको अन्न हरु गहुँ, मकै, कोदो, चामल, फापर, जौ, आलु र सबैखाले चिल्लो पदार्थ हरु पर्दछन् ।
– शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा,भिटामिन, खनिज र प्राकृतिक तत्व (Natural enzymes)हरु हुन् । यी तत्वहरूको मुख्य स्रोत भनेको मौसमी फलफूल, तरकारी, हरियो सागपात, अंकुरित गेडागुडी, सलाद, मह, आदि पर्दछन् साथै कागती लगायतका अन्य अमिलो जातको फलफूलले रगतमा जिवाणुहरु,व्याक्टेरिया भाइरससँग लड्न सक्ने क्षमता बढाउँछ ।
साथै, हाम्रो भान्सामा मसलाको रुपमा प्रयोग गरिने चिजहरु अदुवा, बेसार, लसुन, प्याज, मरिच, ल्वाङ, सुकमेल, जीरा, धनिया, ज्वानो, मेथी, हिङ्ग, टिमुर आदिमा समेत हाम्रो रोगप्रतिरोधात्मक क्षमता बढाउने प्राकृतिक तत्वहरु पाइन्छन् । त्यसैले आफ्नो नियमित खानामा तेस्रो प्रकारका खानपानलाई सकेसम्म जोड्ने ।
शरिरलाई आवश्यक तरल पदार्थ र पानीको मात्रा पुर्याउने प्रयत्न गर्नुहोला । खानेकुरामा सकेसम्म फरक(फरक कुरालाई समाबेश गर्ने प्रयत्न गर्नुहोला जस्तै अन्नमा सधै चामल मात्र भन्दा कोदो फापर गहुँ जौ र दालमा समेत मुगी चना मुसुरो आदि ।
खानपानका साथै व्यायाम, ध्यान, आराम, सकारात्मक सोच र प्राकृतिक जीवनशैली का साथमा तनाबको व्यवस्थापन गर्नसकेमा शरीरको रोगसँग लड्ने क्षमता वृद्धि हुन्छ । जसले गर्दा हालको महामारी कोरोना भाइरस लगायत अन्य संक्रमणबाट समेत बच्न सकिन्छ ।
(लेखक डा.विनोद पौडेल, सामुदायिक प्राकृतिक चिकित्सालय रजहर निर्देशक हुनुहुन्छ। )
हेल्थपाटी
तपाईँको अभिमत