बागमती प्रदेशमा ४५७ जना विद्यालय नर्स माग

अ +
अ -
बागमती प्रदेश सरकारले ठूलो संख्यामा विद्यालय नियुक्त गर्न लागेको छ । स्वास्थ्य निर्देशनालय हेटौडाले वार्षिक स्वीकृत कार्यक्रम अनुसार ४५७ जना नर्सको माग गरेको हो ।
एक विद्यालय एक नर्स कार्यक्रम अनुसार पाचौं तहका लागि ४५७ जना नर्सका लागि विज्ञापन प्रकाशित गरिएको हो ।
मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र उतिर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता अद्यावधिक भएको नर्सहरुले चैत १४ गतेभित्र आवेदन दिन सक्नेछन् ।

तपाईँको अभिमत