स्वाथ्य सामग्री बाेकेकाे जहाज दिउँसो २:३० मा आईपुग्ने, स्थलमार्गबाट पाँच दिनभित्र !
काठमाडौं । अत्यावश्यक स्वाथ्य सामग्री लिन बेइजिङ गएको नेपाल एयरलाइन्सको वाइड बडी जहाज आज दिउँसो साढे २ बजे स्वाथ्य सामाग्री लिएर नेपाल आईपुग्दै छ ।
जहाजले चीनबाट ४ सय थान अक्सिजन सिलिण्डर र २० थान भेन्टिलेटर ल्याउने नेपाल वायु सेवा निगमले जनाएको छ । परराष्ट्र मन्त्रालयका सहसचिव तथा प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयाे ।
कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि चीनले अनुदानस्वरूप दिन लागेको भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री स्थलमार्गबाट अबको पाँच दिनभित्र तातोपानी नाका आइपुग्ने लम्सालले जानकारी दिनुभएको छ ।
स्थलमार्गबाट ४० थान भेन्टिलेटर, २० थान अटोमेटेड एनालाइजर, १० थान डीआर मेसिन, २० थान पोर्टेबल अल्ट्रासाउन्ड र ३० थान एनेस्थेसिया मेसिनलगायतका स्वास्थ्य सामग्री आउन लागेको हो ।
हेल्थपाटी
तपाईँको अभिमत