बारामा गुडिरहेको बस सडक किनारमा पल्टिएर दुर्घटना
अ +
अ -
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बारा जिल्लामा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।
जनकपुरबाट वीरगन्ज जाँदै गरेको ना ४ ख ७११६ नम्बरको बस जितपुर–सिमरा नगरपालिका–१६ स्थित पसाहा खोलाको पुलनजिकै दुर्घटना परेको प्रहरीले भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय बाराले दिएको जानकारी अनुसार बसमा २८ जना सवार थिए । घाइतेको उद्धार गरी सिमरा अस्पतालमा पठाइएको प्रहरीले जानकारी दिएका छन् ।
समथर ठाउँमा बस सडकको किनारतिर गई पल्टिएको हो । प्रहरीले घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत