अस्पताललाई जाेडेर भ्रामक समाचार आएको भन्दै प्रसाईँकाे आपत्ति
देश कोरोनाले आक्रान्त पारिरहेका बेला डा. गोविन्द केसी समर्थक समूह र वि एण्ड सी टिचिङ हस्पिटलबीच एक अर्कालाई आरोप प्रत्यारोपमा रुमलिएका छन् ।
झापाको बिर्तामोडमा रहेको बि. एण्ड सी. टिचिङ हस्पिटलका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईँले आज एक विज्ञप्ति जारी गर्दै आफू, अस्पताल र प्रधानमन्त्री उपर भ्रामक समाचार आएकोमा आपत्ति जनाउनुभएको छ ।
चिकित्सा बिधेयक पारित भईसकेपछि पनि मेडिकल क्षेत्र सुधारको माग राखेर पटक पटक आन्दोलन गरेका डा. गोबिन्द केसीले बेतुकको आन्दोलन गरेको र उहाँको आन्दोलनमा कुनै तुक नभएको प्रसाईले बताउँदै आउनु भएको छ ।
डा. केसीको पछिल्लो विज्ञप्तिमाथि पनि प्रसाईँले अनर्गल भन्नुभएको छ । हिजो मात्र डा. गोविन्द केसीका सहयोगसँग भएको वादविवाद बाहिर आएपछि प्रसाईँले अतिरञ्जना गर्न खोजेको आरोप लगाउनुभएको छ । गोविन्द केसीका सहयोगीले वि एण्ड सी अस्पतालले बिरामीहरुसँग चर्को रकम असुल्ने गरेको दाबी गरेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत