चीन र ओमानबाट ल्याइएका अक्सिजन सिलिण्डर आजै सातै प्रदेशमा पठाइने
अ +
अ -
काठमाडौं । चीन र ओमानबाट ल्याइएका अक्सिजन सिलिण्डर सातै प्रदेशका अस्पतालहरुमा वितरण गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा.जागेश्वर गौतमले आज सिलिण्डर प्राप्त भएपछि सातै प्रदेशमा बाँडिने बताउनुभयो ।
गैर आवासिय नेपाली संघले मध्यपूर्वका राष्ट्रहरुको समन्वय परिषद् र मस्कटस्थित नेपाली राजदूतावासको सहयोगमा नेपाल पठाएको ५६० थान अक्सिजन सिलिण्डर स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिसकेको गौतमले बताउनुभयो ।
उहाँले चीन सरकारबाट सहयोगप्राप्त १८ हजार अक्सिजन सिलिण्डर पनि आजै काठमाडौं आइपुग्ने र सातै प्रदेशमा पठाइने बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत