एकलाई डेल्टा प्लस र तीन जनालाई डेल्टा भेरियन्ट पुष्टि
अ +
अ -
काठमाडौं । त्रिशुली अस्पतालको पिसिआर प्रयोगशालामा कोरोना पोजेटिभ देखिएका ३ जनालाई डेल्टा भेरियन्ट संक्रमणको पुष्टि भएको छ । एक जनालाई डेल्टा प्लसको पुष्टि भएको छ ।
अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट डा. दिपेन्द्र पाण्डेका अनुसार ३ जनालाई डेल्टा(बी.६.१.७.२) र एक जनालाई डेल्टा प्लस (बी.१.६.७.२ + के४१७एन) प्रमाणित भएको छ ।
पहिलो लहरको कोरोना अल्फा भेरियन्ट र दोस्रो लहरको कोरोना डेल्टा भेरियन्टभन्दा डेल्टा प्लस ६० देखि १०० प्रतिशतभन्दा बढी संक्रामक हुने अध्ययनहरुले देखाएकाले स्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न उहाँले सबैलाई आग्रह गर्नुभएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत