कोरोना संक्रमण बढेपछि ७० जिल्लामा निषेधाज्ञा
अ +
अ -
काठमाडाैं । देशभर कोरोना संक्रमण बढेपछि अहिलेसम्म ७० वटा जिल्लामा निषेधाज्ञा लागेको छ । ७० वटा जिल्ला मध्ये सात जिल्लामा आंशिक र ६३ जिल्लामा निषेधाज्ञा लागू भएको गृह मन्त्रालयले जनाएको छ । काठमाडाैं उपत्यकामा १५ दिन निषेधाज्ञा थप्न सिफारिस भएको छ ।
जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले सिफारिस गरेको र तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरुको सहभागितामा आज हुने बैठकले आवश्यक निर्णय लिने काठमाडाैंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताउनुभयो ।
यसअघि बैशाख १६ गतेदेखि लागू हुने गरी उपत्यकामा एक हप्ता र त्यसपछि थप कडाइ गर्दै पुनः अर्को एक हप्ता थप गरिएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत