थप ५ संक्रमितकाे मृत्यु, मृतकको संख्या १८०८
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा ५ जना संक्रमितकाे मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ८०८ पुगेको छ ।
आज देशभर ६१३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५१० जनाको पीसीआर परीक्षण भएकोमा ७४३ जनालाई पोजेटिभ देखिएको हो ।
काठमाडौं उपत्यकामा २४४ जनालाई कोरोना पोजेटिभ देखिएको छ । आज थपिएकासँगै कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको छ ।
यस्तै, २४ घण्टामा ७३९ संक्रमित कोरोनामुक्त भएका छन् । यो सँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ४७ हजार ४ सय पुगेको छ । यस्तै ५ संक्रमितको मृत्यु भएको छ ।
अहिले देशभर ७ हजार ३८४ संक्रिय संक्रमित रहेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत