इन्टर्न डाक्टर लगातार ३६ घण्टा ड्यूटीमा, मेडिकल कलेजले फलो गरेनन् गाइडलाइन

साउन २९ गते जुनियर डाक्टरको कमिटिले नेपाल मेडिकल काउन्सिललाई ध्यानाकर्षण पत्र बुझाउँदै
मेडिकल कलेजहरुले गाइडलाइन अनुसरण नगर्दा इन्टर्न तथा रेजिडेन्ट डाक्टरहरु लगातार ३६ घण्टासम्म ड्युटीमा खटिन बाध्य भएका छन् । २००७ मा नेशनल गाइडलाइन मेडिकल इन्टर्नशीप बनेको छ ।
नेपाल मेडिकल काउन्सिलको २०६४ बैशाख २५ गते इन्टर्नसीप सम्बन्धी निर्णय गर्दै इन्टर्नशीप गर्ने डाक्टरहरुका लागि गाइडलाइन बनाएको थियो ।
उक्त गाइडलाइनमा इन्टर्न डाक्टरहरुको ड्युटीबारे व्यवस्था गरेको छ । उक्त व्यवस्थाअनुसार नाइट ड्यूटी गरेपछि भोली पल्ट विहान ड्युटी हस्तान्तरण गर्नुपर्ने हुन्छ । साथै विहानको ड्युटीको हकमा ८ बजेदेखि साँझ ५ बजेसम्म ड्युटीको समय तोकिएको छ ।
तर हाल मेडिकल कलेजहरुमा भने लगातार ३६ घण्टा काम लगाइरहेको पाइएको छ । जसका कारण कार्यबोझले तनाव उत्पन्न गराइरहेको इन्टर्न डाक्टरहरुको गुनासो छ । आफूहरु तनावमा हुँदा चाहँदा चाहँदै पनि विरामीलाई गुणस्तरीय सेवा दिन असहज हुने उनीहरुको भनाइ छ ।
मेडिकल कलेजहरुले लगातार ३६ घण्टासम्म काम गर्न लगाएको भन्ने गुनासो आएपछि नेपाल चिकित्सक संघ जुनियर डाक्टरको कमिटिले साउन २९ गते नेपाल मेडिकल काउन्सिललाई ध्यानाकर्षण पत्र बुझाएको थियो । हप्तामा एकदिन र नाइट ड्युटीपछि नाइट अफ दिन मेडिकल कलेजहरुलाई आग्रह गर्नुभएको छ ।
कमिटिका सचिव डा.विकास सिटौलाले गाइडलाइन अनुसार इन्टर्न डाक्टरलाई काममा नलगाउदा कलेजहरुले गुणस्तरीय सेवाबाट जनतालाई बञ्चित गराएको ठहरिने बताउनुभएको छ । उहाँले सिनियर डाक्टरहलाई ड्युटीमा खटाउदा नपेल्न आग्रह गर्दै कलेजहरुले ३६ घण्टा ड्युटीमा लगाउन खोजे त्यसको विरोध गर्न जुनियर डाक्टरहरुलाई आग्रह गर्नुभएको छ ।
ध्यानाकर्षण गराएपछि गाइडलाइनमा तोकेअनुसार व्यवस्थाबारे काउन्सिलले वेवसाइटमा प्रकाशित गरेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत