काठमाडौंमा पहिलो दिन करीब २० हजारले लगाए जोनसनको खोप
काठमाडौं । आजदेखि काठमाडौं लगायत देशका विभिन्न स्थानमा कोरोना विरुद्धको जोनसन एण्ड जोनसनको खोप अभियान सुरु गरियो । आज पहिलो दिन काठमाडौंमा १९ हजार ६७१ जनाले जोनसनको खोप लगाएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौं प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिनुभयो ।
आजदेखि साउन ६ गतेसम्म उक्त खोप लगाउने कार्यक्रम रहेको र सो अवधिमा १ लाख ४६ हजार ५२४ जनालाई खोप लगाउने लक्ष्य राखिएको उहाँले बताउनुभयो । उहाँका अनुसार आज १३.४३ प्रतिशत जनसंख्याले खोप पाए ।
काठमाडौंमा ५५ वटा खोपकेन्द्रबाट जोनसनको खोप लगाउने व्यवस्था मिलाइएको छ । यो खोप एकपटक लगाए पुग्छ । ५० देखि ५४ वर्ष उमेरसमूह जसले कुनै पनि खोप नपाएको, यसअघि छुटेका स्वास्थ्यकर्मी, अपांगता भएका व्यक्ति, शरणार्थीहरुलाई जोनसन खोपको प्राथमिकतामा राखिएको छ ।
साथै जोनसनको खोप मान्य भएका देश जाने व्यक्तिहरुका लागि पनि पासपोर्ट र भिसा देखाएर खोप लगाउने व्यवस्था मिलाइएको छ ।
कोभ्यास सुविभा मार्फत अमेरिकाले नेपाललाई १५ लाख ३८ हजार खोप उपलव्ध गराएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत