पुरुषलाई पनि ‘स्तन क्यान्सर’ हुन सक्छ, यस्ता छन् लक्षण :
काठमाडौं । स्तन क्यान्सर आम मानिसले महिलालाई मात्र हुन्छ भन्ने बुझेका छन् । यो पुरुषलाई पनि हुन्छ भन्ने कुरा चाहिँ कमै मात्रले जानेका छन् । महिलामा भन्दा धेरै कम पुरुषलाई स्तन क्यान्सर हुने भएकाले पनि यसको कम लेखाजोखा भएको हुन सक्छ । तर पछिल्लो समय पुरुषको स्तन क्यान्सर हुने संख्या बढेको छ ।
‘पुरुषमा स्तन क्यान्सर हुँदैन’ भन्ने मान्यताका कारण यसको ख्याल नगर्दा कतिपय पुरुषमा अन्तिम स्टेजको क्यान्सर भेटिने गरेको उदाहरण छन् ।
पुरुषमा स्तन क्यान्सर हुने कारण :
भारतको पुनेस्थित आदित्य बिरला मेमोरियल अस्पतालका क्यान्सर विशेषज्ञ डा. जगदीश सिन्देका अनुसार पुरुषमा विभिन्न कारणले स्तन क्यान्सर हुने गर्छ ।
छातीमो रेडिएसन थेरापी लिने पुरुषमा क्यान्सर हुने सम्भावना बढी हुने डा. सिन्देको भनाइ रहेको छ । त्यस्तै आनुवंशिक कारण पनि यसको कारण भएको विज्ञहरूको भनाइ छ । स्तन क्यान्सर खराब जीवनयापनका कारण पनि हुने डा. सिन्देको भनाइ रहेको छ ।
पुरुषमा हुने स्तन क्यान्सरका लक्षण :
धेरैजसो स्तन क्यान्सर ६० वर्षभन्दा माथिका पुरुषमा पाइएको छ । अधिकांश पुरुषमा भने खास लक्षण थाहा नहुने भएकाले गम्भीर अवस्था पुगेपछि मात्र यो पत्ता लाग्ने गरेको छ ।
स्तनमा गाँठो आउनु– यदि तपाईँको स्तन वरपर गाँठागुँठी आइरहेको छ भने यसलाई नजरअन्दाज नगर्नुहोस् । यस्ता गाँठागुँठीको दुख्दैन । तर छुँदा कडा महसुस हुन्छ । जति क्यान्सर छिप्पिदै जान्छ, त्यति नै यसको क्षेत्र बढ्दै जान्छ ।
आम मानिसले बुझ्नुपर्ने कुरा के हो भने यो गाँठो आउने बित्तिकै क्यान्सर नै हुँदैन । यदि यस्तो गाँठो आएमा चिकित्सको तुरुन्त सल्लाह लिन जरुरी छ ।
डन्डीफोर जस्ता घाउ– स्तनको मुन्टो वरपर डन्डीफोर जस्तै देखिने घाउ देखा परे क्यान्सरको खराब अवस्था हुन सक्ने विज्ञहरूले बताएका छन् । यसको अलावा छातीको छालाको रङ बदलिने हुन्छ ।
स्तनबाट दूध आउनु– स्तनको मुन्टो कठोर हुने र त्यसबाट तरल पदार्थ आउनु पनि क्यान्सरको सम्भावना हुने विज्ञहरूले बताएका छन् । यसरी मुन्टोबाट आउने तरल पदार्थ रगत पनि हुनसक्छ । यस्तो अवस्था आएमा तुरुन्त चिकित्सकको सल्लाह लिन जरुरी हुन्छ ।
यसैगरी स्तन क्यान्सर हुँदा पुरुषमा अधिकांश समय थकान महसुस हुने, हड्डीमा दुखाइ, श्वास लिन गाह्रो हुने, बिरामी भएजस्तो महसुस हुने आदि लक्षण देखा पर्छन् ।
यसको उपचार :
महिला र पुरुषमा हुने स्तन क्यानसरको उपचार विधि एउटै रहेको छ । खासगरी तिन तरिकाबाट यसको उपचार गर्ने विधि रहेका छन् ।
पहिलो चरणमा बिरामीको अपरेशन गरेर स्तनमा भएका गाँठो काटेर फ्याँकिन्छ । दोस्रो विधिमा केमोथेरापी दिइन्छ भने तेस्रो विधिमा रेडिएशन विधिको प्रयोग गरिन्छ ।
हेल्थपाटी
तपाईँको अभिमत