राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल रूपन्देहीका उपाध्यक्ष नेपाल मृत फेला
अ +
अ -
काठमाडौं । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल रूपन्देहीका उपाध्यक्ष एवं सिनियर अहेब विष्णुप्रसाद नेपाल मृत अवस्थामा फेला पर्नुभएको छ । गत बिहिबार देखि हराइरहनुभएका ४४ वर्षका नेपालको शव रुपन्देहीको तिलोत्तमा १६ मौजा कुलो बिहुलीमा फेला परेको प्रहरीले जनाएको छ ।
मोतीपुर प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेब नेपाल बुटवलको एक होटलबाट घरजाने क्रममा बेपत्ता हुनुभएको थियो । गत शुक्रवार नै उहाँको मोटरसाइकल बुटवल उपमहानगरपालिका–६ स्थित नहरको छेउमा फेला परेको थियो ।
उहाँ सोही नहरमा खसेको हुन सक्ने शंकामा प्रहरीले नहर क्षेत्रमा खोजी गरेको थियो । उहाँका श्रीमती र एक छोरा हुनुहुन्छ ।
हेल्थपाटी
तपाईँको अभिमत