वैज्ञानिकले बनाए खोकेर कोरोना पत्ता लगाउने उपकरण

सांकेतिक तस्बिर ।
दुई वर्षदेखि संसारलाई सताइरहेको कोभिड–१९ भाइरसबारे नयाँ–नयाँ अध्ययन भइरहेका छन् । अध्ययनहरुले नयाँ–नयाँ तथ्यहरु पनि बाहिर ल्याइरहेको छ ।
अहिले विशेष गरी स्वाबको नमूना परीक्षण गरी कोभिड–१९ पत्ता लगाइने गरेको छ । वैज्ञानिकहरुले खोकेर कोरोना पत्ता लगाउने विधिको विकास गरेका दावी गरेका छन् । स्वीडेनका केही वैज्ञानिकहरुले श्वासको माध्यमबाट कोरोना पत्ता लगाउने मेसिन बनाएको दावी गरेका छन् ।
इन्फ्लूूएन्जा एन्ड अदर रेस्पिरेटरी भाइरस जर्नलमा प्रकाशित अध्ययनको रिपोर्टमा डिभाइसमार्फत श्वासको माध्यमबाट कोरोना जाँच गर्न सकिने दावी गरिएको छ ।
अध्ययनका क्रममा वैज्ञानिकहरुले तीन तरिकाबाट डिभाइसको प्रयोग गरेका थिए । एउटा तरिकामा संक्रमित व्यक्तिलाई डिभाइसमा २० पटक श्वास फेर्न लगाइएको थियो ।
अर्काे तरिका भनेको लामो श्वास फाल्ने र केही समय रोकेर राख्ने थियो । तेस्रो तरिकामा बिरामीलाई ३ पटक खोक्न लगाइएको थियो । पहिलो र दोस्रो तरिका भन्दा तेस्रो तरिकामा राम्रो जतिजा देखिएको वैज्ञानिकहरुले भनेका छन् ।
हातले चलाउन मिल्ने यस डिभाइसले अत्यन्तै साना कणलाई पत्ता लगाउन सकिने भएकाले श्वासबाट कोरोना भए नभएको थाहा हुने दावी वैज्ञानिकहरुको छ ।
हेल्थपाटी
तपाईँको अभिमत