घटेन मृत्युदर, थप २४६ कोरोना संक्रमितको मृत्यु
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा २४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा.जागेश्वर गौतमले २४६ जना संक्रमितको मृत्यु भएको जानकारी दिनुभयो ।
यो सँगै कोरोना संक्रमित मृतकको संख्या ५६ सय ५७ पुगेको छ । आज मृत्यु भएको संख्या कोरोना महामारी सुरु भएयतौ धेरै हो ।
यसअघि वैशाख २८ गते एकैदिन २२५ जनाको मृत्यु भएको पुष्टि भएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत