आजको मौसम : कहाँ के हुन्छ ?
बिहीबार अधिकांश प्रदेशमा भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो तथा राति भारी वर्षाको सम्भावना रहेको हो ।
दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्छ भने राति वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो ।
त्यस्तै दिउँसो सबै प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति पनि वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना देखिएको छ ।
राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीसमेत चल्न सक्ने सम्भावना रहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत