खोप लगाइसकेका व्यक्तिलाई कोरोनाका यी लक्षणहरु देखिन्छन् !
कोरोना भाइरसको नयाँ नयाँ प्रजातीहरु देखिरहँदा खोपको प्रभावकारितामा प्रश्न उठ्दै आएको छ । नयाँ प्रजातीका कारण खोप लगाएका व्यक्तिहरु पनि संक्रमित भइरहेका छन् । विश्वव्यापी रुपमा अहिले थुप्रै घटनाहरु रिपोर्ट भएका छन् अर्थात्, खोप लगाइसकेपछि पनि धेरैलाई संक्रमण भएको छ तीमध्ये धेरै डेल्टा भेरियन्टबाट जिम्मेवार छन् । खोप लगाइसकेका व्यक्ति पनि संक्रमितको सम्पर्कमा आएपछि परीक्षण गराइहाल्नुपर्छ ।
खोप लगाएपछि संक्रमणको खतरा कति हुन्छ?
खोपले कोरोना भाइरस विरुद्ध एन्टीवडी विकास गर्छ । यद्यपी खोपले सतप्रतिशत सुरक्षा प्रदान गर्छ भन्ने निश्चित छैन तर खोपले संक्रमणको जोखिमलाई भने कम गर्छ साथै,सर्ने दर, सिकिस्त हुन तथा मृत्युलाई पनि कम गराउँछ । संक्रमण भइहाले गम्भिर बनाउने की नबनाउने भन्ने भर खोपको प्रकारमा रहन्छ । खोप लगाइसकेको व्यक्तिमा संक्रमण भएको कसरी थाहा पाउने भन्ने विषयमा हामीले यो सामग्री प्रस्तुत गरेका छौं ।
खोप लगाइसकेका व्यक्तिमा देखिने लक्षणहरु
- टाउको दुख्नु : टाउको दुख्नु कोरोना संक्रमणको प्रमुख लक्षण हो । यो लक्षण डेल्टा भेरियन्टबाट संक्रमण भएमा पनि अत्याधिक देखिन्छ । निधार अगाडिको दुखाइ, मांशपेशी र शरीर दुख्नु संक्रमण भएको लक्षणहरु हुन् ।
- नाकबाट पानी बग्नु : नाकबाट पानी बगिरहेका छ भने त्यसलाई सामान्य रुपमा नलिन चिकित्सकहरुले सचेत गराइरहेका छन् । साथै नाक बन्द हुनु र स्वाद हराउनु कोरोना संक्रमणको अर्को प्रमुख लक्षण हो । यदि भाइरस म्यूटेट्स र बलियो भए श्वासपश्वास प्रणालिमा गम्भिर असर पुर्याँउछ ।
- बारम्बार हाछ्यु आउनु : अध्ययनका अनुसार खोप लगाएका व्यक्तिहरुलाई बारम्बार हाछ्यु आए पनि सचेत हुनुपर्छ । खोप लगाएपछि संक्रमित भएकाहरुले आफुलाई बारम्बार हाँछ्यु आइ गन्ध हराएको अनुभव सुनाउछन् । धेरै हाँछ्यु आइरहेपनि कोरोनाको परीक्षण गर्न विज्ञहरुले सुझाव दिएका छन् ।
- घाँटी दुख्नु : यदि ज्वरो र खोकी लाग्नु पनि संक्रमणको लक्षण हुन सक्छ । घाँटी दुखेको छ भने पनि कतै संक्रमण भयो की भन्ने शंका गर्नुपर्छ र परीक्षण गराइ हाल्नुपर्छ । घाँटी दुख्नु, खसखस गर्नु एलर्जीको सामान्य लक्षण रहेपनि सचेत हुन जरुरी छ । लामो समयदेखि घाँटी दुखे, आवाज भद्दा हुनु, सास फेर्न गाह्रो हुनु वा खाना निल्दा सकसको अनुभव भए तुरुन्तै कोरोना परीक्षण गरिहाल्नु पर्छ ।
यसका अलवा खोप लगाइसकेका व्यक्तिलाई सास फेर्न गाह्रो भए, पखाला लागे, पेट दुखे रिंगटा लागे र मासंपेशी दुखे पनि संक्रमणको शंका गरि परीक्षण गराइ हाल्नुपर्छ । यद्यपी खोप लगाइसकेका व्यक्तिहरु कमै मात्र सिकिस्त हुन्छन् र उनीहरुमा मृत्युको जोखिम अति न्यून रहन्छ ।
हेल्थपाटी
तपाईँको अभिमत