उपत्यकामा जारी निशेधाज्ञा फेरी एक हप्ता थपिने
काठमाडौं । कोभिड १९ को महामारी रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निशेधाज्ञा फेरी एक हप्ता थपिँदै छ। हालको निषेधाज्ञा भोलि सकिँदै छ ।
स्वास्थ्य मन्त्रालयलगायत सरोकारवालासँगको छलफलपछि कम्तीमा एकसाता निषेघाज्ञा थप्ने तयारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो ।
पटकपटक गरी थप गरिएको निषेधाज्ञा सकिनु अघिल्लो दिन थप निर्णय गर्न उपत्यकाका तीन वटै जिल्ला काठमाडौं, भक्तपुर र ललिपुरका सीडीओको बैठक बस्दै छ। तत्काल सम्पूर्ण रुपमा निषेधाज्ञा खोल्ने अवस्था नरहेको बताउँदै काठमाडौंका सीडीओ पराजुलीले आज दिउँसो बस्ने संयुक्त बैठकले यससम्बन्धी थप निर्णय गर्ने बताउनुभयो ।
उहाँका अनुसार उपत्यकामा एकसाता निषेधाज्ञा लम्बिनेछ । बैठकले यसअघि सञ्चालन गर्न दिइएका किराना तथा खाद्य सामग्री पसल सञ्चालनको समय समेत परिवर्तन गर्न सकिने बताइएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत