‘रचनात्मक तरिकाले दबाब दिएर थप जिम्मेवार बनौँ’
जनस्वास्थ्यकर्मी महासंघका महासचिव दिपेन्द्र खड्काले जनताको आधारभूत स्वास्थ सेवासमेत अवरुद्ध हुने गरी चिकित्सकहरूले आन्दोलन गर्नु जिम्मेवार कदम नरहेको बताउनुभएको छ ।
चिकित्सकहरूले सेवा अवरुद्ध नगरी रचनात्मक तरिकाले दबाब दिएर आम जनताको विश्वास जितेर थप जिम्मेवार बन्नुपर्ने उहाँको सुझाव छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा यस्तो बताउनुभएको हो ।
महासचिव खड्काको फेसबुक स्ट्याटस :
हेटौंडा अस्पतालमा चिकित्सक कुट्नेहरूमाथि तत्काल पक्राउ गरी कारबाही गर्न सम्माननीय प्रधानमन्त्रीज्यूले घटना लगत्तै निर्देशन गरिसक्नु भएको थियो । चिकित्सकमाथि आक्रमण गर्नेहरूलाई पक्राउ गरी कारबाही समेत अगाडि बढाइएको छ। सरकारले गरेको भूमिकाप्रति नेपाल चिकित्सक संघ जानकार हुँदा हुँदै जनताको आधारभूत स्वास्थ्य सेवासमेत अवरुद्ध हुने गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नु कदापी जिम्मेवार कदम होइन। रचनात्मक तरिकाले दबाब दिन र सेवा अवरुद्ध नगरी आम जनताको विश्वास जित्न तथा थप जिम्मेवार बन्न नै बुद्धिमता हुन्छ।
हेल्थपाटी
तपाईँको अभिमत