आइतबार देशभरका अस्पतालमा स्वास्थ्य सेवा बन्द गरिने
अ +
अ -
हेटौँडामा डाक्टरमाथि भएको कुटपिटको विरोधमा आइतबार देशभर स्वास्थ्य संस्था बन्द हुने भएको छ । नेपाल चिकित्सक संघले आइतबार देशभरका अस्पताल तथा क्लिनिकमा आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ ।
शनिबार विज्ञप्ति जारी गर्दै संघले सरकारी अस्पताल, निजी अस्पताल, मेडिकल कलेज तथा क्लिनिकमा सेवा बन्द गर्ने घोषणा गरेको हो ।
डाक्टरमाथि कुटपिटमा संलग्नलाई फौजदारी अभियोग तथा ऐनबमोजिम कारबाहीको सुनिश्चितताको माग संघले राखेको छ ।
बुधबार हेटौँडास्थित सञ्चो अस्पतालका दुई चिकित्सकमाथि हातपात भएको थियो ।

हेल्थपाटी
तपाईँको अभिमत