हरियाली वातावरणमा बस्ने महिलालाई महिनावारी अगाडिका समस्या कम
हरियाली वातावरण र त्यस वरपर बस्नाले महिनावारी हुनुपूर्व देखिने शारीरिक र मानसिक लक्षण कम हुने एक अध्ययनले देखाएको छ । १८ देखि ४९ वर्षसम्मका १ हजारभन्दा बढी महिलामाथि गरिएको अध्ययनले यस्तो देखाएको हो । यो अध्ययन नर्वे र स्वीडेनमा गरिएको थियो । यस्तो अध्ययन यसअघि भएको थिएन ।
हरियाली वातावरणमा बस्ने महिलाहरुमा अन्य महिलाको तुलनामा महिनावारी हुनुपूर्वको शारीरिक र मानसिक समस्या कम देखिएको पाइएको छ । बार्सिलोनाको ग्लोबल हेल्थ र बर्जेनको विश्वविद्यालयका वैज्ञानिकहरुले हरियो वातावरणमा बस्ने महिलाहरुमा महिनावारी हुुनुपूर्व देखिने केही लक्षणहरु कम देखिएको बताएका छन् ।
महिनावारी हुनुपूर्व कसैकसैलाई तनाव हुने, रिस उठ्ने, पेट फुल्ने, पेट तथा स्तन दुख्ने, अनिन्द्रा हुने लक्षण देखिन्छ । प्रजनन क्षमता भएका महिलामध्ये २० प्रतिशत महिलामा यस्ता लक्षणहरु देखिने बताइन्छ । यो समाचार दी गार्डियनमा प्रकाशित भएको छ ।
तपाईँको अभिमत