५ देखि ११ वर्षसम्मका बालबालिकालाई २ चरणमा कोभिड खोप दिइने, विद्यालयमै खोपकेन्द्र

फाइल फोटो
सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई २ चरणमा कोरोना विरुद्धको खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले ३९ लाख बालबालिकालाई कोरोना विरुद्धको खोप दिइने जानकारी दिनुभयो । खोप केन्द्र विद्यालयहरुमा रहने उहाँले बताउनुभयो ।
उहाँका अनुसार पहिलो चरणमा २७ जिल्लाका बालबालिकालाई खोप दिइनेछ । असार ९ देखि ११ गतेसम्म ती जिल्लाका बालबालिकालाई पहिलो मात्रा खोप दिइनेछ भने सोही जिल्लाका बालबालिकालाई साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइने छ ।
काठमाडौं, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, पर्सा, सिन्धुली, काभ्रेपलाञ्चोक, चितवन, कास्की, बागलुङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुरामा खोप लगाइने जनाइएको छ ।
यसैगरी दोस्रो चरणमा बाँकी ५० जिल्लाका बालिकालाई भदौ ५ देसख ११ गतेसम्म खोप दिइनेछ भने उनीहरूलाई भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप दिइनेछ ।
बालबालिकालाई लगाइन लागेको खोप कोभ्याक्स सुविधा मार्फत अमेरिकाले नेपाललाई दिएको खोप हो ।
हालसम्म नेपालमा कुल जनसंख्यामध्ये २ करोड २४ लाख ५२ हजार ८९४ जना (७६.९) प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेका छन् भने १ करोड ९९ लाख ५३ हवार २७ हजार ३०४ जना अर्थात् (६८. ४) प्रतिशतले पूर्ण मात्रा खोप पाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत