आजदेखि भेरोसेलको दोस्रो मात्रा लगाइदैं, काठमाडौंमा ३२ खोप केन्द्र
अ +
अ -
काठमाडौं । कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आजदेखि दिइदंैछ । जेठ २५ देखि २९ गतेसम्म पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई आजदेखि भेरोसेलको दोस्रो मात्रा दिन लागिएको हो ।
उक्त समयमा ३ लाख ७० हजारभन्दा बढी व्यक्तिलाई पहिलो मात्रा लगाइएको थियो । काठमाडौंमा ३२ वटा खोप केन्द्र तोकिएको छ । खोप लगाउन पहिलो मात्रा खोप लगाएको कार्ड अनिवार्य लिएर जानुपर्ने छ ।
तपाईँको अभिमत