भारतमा कोरोनाको सव भेरियन्ट जेएन १ तिव्र गतिमा फैलदै, १५१३ जनामा संक्रमण पुष्टि

फाइल तस्विर
भारतमा कोरोना भाइरसको सव भेरियन्ट जेएन.१ तिव्र गतिमा फैलिएको त्यहाँको कोभिड जिनोमिक कन्र्सोटियम (इन्साकोग)ले जनाएको छ । इन्साकोगका अनुसार भारतको विभिन्न राज्यमा जेएन १ पुष्टि हुने क्रम बढिरहेको छ ।
महाराष्ट्र र कर्नाटकामा जेएन.१ का सबैभन्दा धेरै संक्रमित देखिएका छन् । महाराष्ट्रमा ३८२ र कर्नाटकमा २४९ केस पुुष्टि भएका छन् । आन्द्रा प्रदेश, केरला,गुजरात, पश्चिम बंगाल, तमील नाडु, राजस्थान, तेलंगना, छत्तीसडढ, दिल्ली, उत्तरप्रदेश, उडिसा, हरयाना, मनीपुर, नागल्यांडमा गरि १५१३ जनालाई जेएन १ संक्रमण पुष्टि भएको इन्साकोगले जनाएको छ ।
कोरोना संक्रमण नियन्त्रणका लागि निगरानीका संयन्त्र, रणनीतिहरुलाइ समायूनुकुल परिमार्जन गर्न स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले अपिल गरेको छ । विश्व स्वास्थ्य संगठनले सव भेरियन्ट जेएन.१ विश्वव्यापी रुपमा बढिरहेको यसअघिनै बताइसकेको छ ।
संक्रमण नियन्त्रणका लागि जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गर्दै सुरक्षित रहन विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत