कोभिड - १९ संकट व्यवस्थापन अध्यादेश जारी, संक्रमितको व्यवस्थापन गर्न छुट्टै अस्पताल
अ +
अ -
काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड - १९ संकट व्यवस्थापन अध्यादेश,२०७८ जारी गर्नुभएको छ ।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न कार्ययोजना समेटिएको अध्यादेश जारी गर्नुभएको हो ।
अध्यादेशमा कोरोना संक्रमितको उपचार तथा व्यवस्थापनका लागि केन्द्रमा एउटा अस्पताल तोकेर सोही अस्पतालको कमाण्डबाट अन्य अस्पताल चल्ने व्यवस्था उल्लेख गरिएको स्रोतले बताएको छ ।
सो अस्पताल व्यवस्थापनका लागि मन्त्रालयबाट ११ औँं तहका एक जना कर्मचारी पठाइने छ । उक्त अस्पताल ५०० बेडको हुनेछ ।
वीर अस्पताललाई संक्रमितको उपचारत तथा व्यवस्थापनका लागि केन्द्रिय अस्पताल बनाउने स्रोतको दाबी छ ।
तपाईँको अभिमत